site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्या भण्डारी देखाएर एमालेमा समस्या ल्याउने प्रयास हुँदै छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास भइरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा त्यस्तो बताएका हुन् । उनले भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको समेत बताए ।

Dabur Nepal
NIC Asia

“पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ । त्योभन्दा अघि हाम्रो नजिकको मित्र हो नि,” ओलीले भने, “हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि । हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो नि ।”

पार्टीका नेताहरुले भण्डारीलाई भेट्नु नौलो कुरा नभएको ओलीको भनाइ छ । उनले भेटेका कुरालाई मलजल नगर्न आग्रह समेत गरे ।

“हामीमध्ये कसैले भेट्नु ठूलो कुरा होइन । विष्णु पौडेलजीले मात्रै होइन । मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ,” ओलीले भने, “कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानुभयो होला त । पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न । यो खालका प्रयासहरुलाई साथीहरुले मलजल कहिलेकाहीँ नबुझी गरिन्छ । त्यो नगर्दा राम्रो हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro