बाह्रखरी फोटो
काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्स समितिको अगुवाइमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
चिकित्सा शिक्षाका विभिन्न संघ–संस्थाका विद्यार्थी र कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा सहभागीले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पढाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सीटीईभीटी मातहतका नर्सिङ कलेजहरू बन्द भएको उल्लेख गरे ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्