site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अवरोध गर्नै हुँदैन : ओली 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद् अवरुद्ध गर्ने परिस्थिति पनि बनाउन नहुनेमा जोड दिए ।

“संसद् अवरोध गर्नै हुँदैन । संसद् अवरोध गर्ने परिस्थिति ल्याउनै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । देश र जनताको काम निर्बाध ढंगले गर्नुपर्छ,” उनले भने ।

उनले संसद् निदाएर, सुतेर बस्ने ठाउँ नभएको बताए । आफूहरू संसद् चलाउने पक्षमा रहेको तर सत्तापक्ष उठेर होहल्ला गर्ने गरेको उनको भनाइ छ ।

“अहिलेको संसद्को अवरोध हामी चलाउन खोजिरहेका छौँ,” अध्यक्ष ओलीले भने, “तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर होहल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने । बोल्न पनि नदिने ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro