site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

इस्लामाबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।

राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेसनल एसेम्बली वा संसद्को तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यससम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर मार्च २०१८ देखि पाकिस्तानीे सिनेटका सदस्य रहँदै आएका छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसद् सदस्यका लागि स्वतन्त्र उमेदवार भई निर्वाचित भएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्