देश
काठमाडौं । दाङमा १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३, गैराखुट्टीका २३ वर्षीय माधव गुरुङलाई शुक्रबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही साउन ४ गते ललाइफकाइ गुरुङले ती बालिकालाई ‘पीडित’कै कोठामा बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्