site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिरोसिमामा रोएको मन
Sarbottam CementSarbottam Cement

किशन पौडेल
मानिसहरू अत्यन्तै पीडाले तड्पिँदै भागिरहेका देखिन्थे । कसैका आँखा बाहिर निस्केका थिए । कोही हातखुट्टा र शरीर जलेर पीडाले चिच्याइरहेका थिए । कसैका छाला आगोले पोलिएर झुन्डिएका थिए ।

कतिपय मानिसहरू तापको जलन सहन नसकेर पीडाले तड्पिँदै गहिरो पानीको इनारमा हामफाल्दै गरेका देखिन्थे ।

यो भयावह हृदयविदारक दृश्य हामी हिरोसिमाको पिस मेमोरियल म्युजियमभित्र रहेको प्रोजेक्टरमा श्रव्य–दृश्यमार्फत हेर्दै थियौँ । एक जापानी महिला गाइडले हामीलाई त्यो भयंकर विध्वंस र इतिहासकै दर्दनाक घटना सविस्तार दृश्यहरू देखाउँदै बताउँदै थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कस्तो दुर्भाग्यपूर्ण, मानिसहरू मानिस जसरी मरेनन् !”

अमेरिकाले ७८ वर्षअगाडि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेको थियो । परमाणु बमले हिरोसिमामा करिब डेढ लाख र नागासाकीमा कम्तीमा चौहत्तर हजार मानिसको मृत्यु भएको थियो ।

Global Ime bank

लाखौँ नागरिकहरू घाइते भएका थिए । धेरै संरचनाहरू ध्वस्त भएका थिए । बमको विकिरणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए ।

युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना थियो । जापानको सुन्दर सहर हिरोसिमामा खसालिएको ‘लिटल ब्वाय’ नामक बममा लगभग पन्ध्र हजार टन विस्फोटक पदार्थको शक्ति थियो र यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पारेको थियो ।

बम विस्फोटपछि एसियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो ।

जापानको लामो बसाइका क्रममा यहाँको एउटा धार्मिक–सामाजिक संस्था जोहरीमार्फत हामीले हिरोसिमा र क्योटोको दुईदिने अवलोकन भ्रमण गर्ने अवसर पाएका थियौँ ।

हामी टोकियोनजिकैको सहर गुन्माकेनबाट बेलुकी हिरोसिमाको यात्रामा निस्किएका थियौँ । हाम्रा साथमा संस्थाका केही जापानी र नेपाली साथीहरू हुनुहुन्थ्यो ।

जापानको अत्यन्तै सुरक्षित र फराकिलो बाटो हुँदै टोयोटा हायसमा द्रुत गतिमा हामीले पूरा रात लगभग आठ सय किलोमिटरको दूरी पार गर्‍यौँ ।

भोलिपल्ट बिहानै सुन्दर, हरियालीयुक्त सहर हिरोसिमा प्रवेश गरिसकेका थियौँ । हामीलाई अचम्म लाग्यो त्यहाँको सुन्दरता र प्रगति देखेर । जापानीहरूको इमानदारिता र लगनशीलताले नै आजको जापानको मुहार फेरिएको कुरामा कुनै दुई मत थिएन ।

हामीले जापानीहरूको इमानदारिताको खुलेर प्रशंसा गर्‍यौँ । यस्तो आधुनिक, भव्य, हरियालीयुक्त सुन्दर सहरमा पनि कुनै समय परमाणु बम खसेर ध्वस्त भएको थियो होला र ? हामीलाई विश्वास गर्न गाह्रो थियो ।

तर, क्रूर युद्धको इतिहास बीभत्स र दर्दनाक थियो । सन् १९४५ अगस्ट ६ बिहान सवा ८ बजे त्यहाँका बासिन्दाले कहिल्यै कल्पना नै नगरेको, मानवता पराजित भएको कालो दिन थियो ।

आज पनि त्यहाँ अवस्थित शान्ति संग्रहालयभित्रका श्रव्यदृश्यहरू मेरो मानसपटलमा दौडिरहेको छ । युद्धबाट हुने मानवीय विनाश सम्झिँदा कहिलेकाहीँ मन विक्षिप्त हुन्छ ।

आजको विश्वमा आणविक होडबाजी र युद्धको त्रास कायमै देखिन्छ । यो युद्धको विभीषिकाबाट हामीले कहिले उन्मुक्ति पाउने हो, थाहा छैन ।

विश्वमा शान्ति कायम होस्, यस्तो मानवीय विध्वंस कहिल्यै देख्न नपरोस् र अनाहकमा मृत्युवरण गर्ने सम्पूर्ण आत्मालाई शान्ति मिलोस् भन्दै हामी प्रार्थनासभामा सहभागी हुँदै गर्दा धेरैका आँखा रसाइरहेका देखिन्थे ।

हिरोसिमाको अवलोकन भ्रमणपछि हामी दिउँसोको लन्च (बेन्तो) खाएर क्योटो पिस कन्फरेन्समा सहभागी हुन र त्यहाँ रहेको टोयोटा कम्पनी अवलोकन भ्रमणका लागि धार्मिक तथा औद्योगिक सहर क्योटोतर्फ प्रस्थान गर्याँै ।

यति बेला हामीले लगभग अझै चार सय किलोमिटर यात्रा तय गर्न बाँकी नै थियो !

(हेटौँडा–४)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय