site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’ प्रदान

काठमाडौं । कविता, कथा, उपन्यास र समालोचनाका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा. पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

यस्तै, नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गरियो । साहित्यस्रष्टा डा. वानीरा गिरीको सम्मानमा स्थापित यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ ।

कथा र कविता सिर्जनामा समर्पित अनिता तुलाधरलाई पनि सोही कार्यक्रममा ५० हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

०७८ साल जेठ ९ गते कोरानाका कारण डा. वानीरा गिरीको निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro