site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजिप्टको मुद्राको मूल्य हालसम्मकै कम

काठमाडौं । इजिप्टको वार्षिक मुद्रास्फीति दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एन्ड स्ट्याटिस्टिक्सका अनुसार जुलाईमा ३८.२ प्रतिशतले बढेर अहिलेसम्मकै उच्चविन्दुमा पुगेको हो । गत वर्षको जुलाईमा इजिप्टको मुद्रास्फीति दर १४.६ प्रतिशत थियो ।

वर्षैपिच्छे मुद्रास्फीति दर बढ्दै जानुमा विशेष गरी अन्न, होटेल, मदिरा, चुरोट र स्वास्थ्य सेवाको मूल्यवृद्धि रहेको पाइएको छ ।

खाद्यान्न र पेयपदार्थको मूल्य सन् २०२२ जुलाईको तुलनामा ६८.२ प्रतिशतले बढेको छ । अघिल्लो महिना (जुन)मा इजिप्टको वार्षिक मुद्रास्फीति दर वृद्धिको रेकर्ड ३६.८ प्रतिशत कायम थियो ।

२०२२ मार्चदेखि डलरको तुलनामा स्थानीय मुद्राको मूल्य आधाले घटेपछि इजिप्टमा मूल्यवृद्धि भएको हो । मुद्राको अवमूल्यनका कारण विदेशी मुद्राको अभाव र आयातमा कमी भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro