site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१० प्रतिशत सदस्य बढाउनैपर्ने, फिल्डमा नेताहरूले गर्ने छन् यी काम 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ लिएर भदौ १६ गतेबाट ‘ग्रास रुट’मा जाँदै छ । कार्यक्रमको भदौ १६ गते ६ हजार ७४३ वडामा एकैसाथ उद्घाटन गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्षसमेत रहेका सापकोटाले पुनः १० वर्षपछि प्रवक्ताको जिम्मेवारीमा फर्किन पाएकोमा खुसी साटे । 

सापकोटाका अनुसार अभियानमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि वडामा पुग्ने छन् । उनले तीन महिने अभियानका लागि सात वडामा आफैँ पुग्ने वचन दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“अध्यक्ष सात प्रदेशको सात वडामा जानुहुने छ,” प्रवक्ता सापकोटा भन्छन्, “हामी पूरै तीन महिना जनतामाझ होमिन्छौँ ।”

माओवादीले नेताहरूलाई पार्टीका समस्या पहिचान गर्न  खेल्नुपर्ने भूमिका पत्ता लगाउन वडा तहमै खटाउन लागेको हो । माओवादीले अब गर्नुपर्ने कामबारे पनि जनतामाझ जिज्ञासा रााखिने छ । 

Global Ime bank

फरक भूगोलको जिम्मेवारी 

पार्टी रूपान्तरणको अभियान चलाउन लागेको माओवादीले नेताहरूलाई फरक भूगोलमा खटाएको छ । २२ सदस्यीय पदाधिकारीमध्ये केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालिरहेका कोषाध्यक्ष श्रीराम ढकालको जिम्मेवारी हेरफेर गरिएको छैन । बाँकी पदाधिकारीहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ ।  एक प्रदेशका पार्टी पदाधिकारीलाई अर्को प्रदेशमा खटाइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई पनि केन्द्रकै आसपासमा रहने गरी इन्चार्ज खटाइएको छ । 

जसमा कोसी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनालले पाएका छन् । मधेस इन्चार्जको जिम्मा सचिव लिलामणि पोखरेल र  वाग्मती इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्माले पाएका छन् । गण्डकीमा सचिव देवेन्द्र पौडेल, लुम्बिनीमा सचिव हितमान शाक्य, कर्णालीमा उपमहासचिव मातृका यादव र सुदूरपश्चिम प्रदेशमा सचिव डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । 

सम्पर्क विशेषमा उपमहासचिव गिरिराजमणि पोखरेल, उपत्यकामा उपमहासचिव वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल तोकिएका छन् ।

जिल्लाका इन्चार्ज पनि फरक भूगोलमा तोकिने छ । अर्थात् नेताहरूको जन्मथलो र कार्यक्षेत्र भन्दा फरक जिल्लामा खटाउने तयारी माओवादीको छ । त्यस्तै, फिल्डमा खटाउँदा प्रदेशका सरकार र संसद्‍मा विभिन्न भूमिकामा रहेका नेताहरूलाई इन्चार्ज नदिने तयारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार दोहोरो जिम्मेवारी नदिन त्यसो गरिएको हो । तर, सरकारमा रहेकाहरूले पनि तीन महिने अभियानमा सामेल हुनैपर्ने छ । 

“बढी समय सरकारलाई दिने । तर, तीन महिने अभियानमा सबै खटिनुपर्छ । सकेसम्म इन्चार्ज तोक्दा दोहोरो भूमिका नहोस् भन्ने हो,” ती नेताले भने । 

Agni-Sapkota1691569854.jpg

तीन महिना नेताहरूले गर्ने के हो ? 

यतिबेला माओवादीका नेताहरूले तीन महिना फिल्डमा गर्ने कामको तयारी भइरहेको छ । भदौ १५ गतेसम्ममा सबै तयारी सकिने प्रवक्ता सापकोटाले जानकारी दिए । वडा तहमै पुगेर नेताहरूले गर्ने कामको तयारी भएपछि सर्कुलर गरिने नेताहरूले बताएका छन् । 

केन्द्रीय सदस्यहरूलाई तीन महिना फिल्डमा बस्नैपर्ने गरी बाध्यात्मक कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

"नेतालाई उत्पादनका कार्यक्रममा जोड्ने तयारी छ । त्यस्तै, पार्टीकाबारेमा फैलिएका भ्रम चिर्न नेताहरूले भूमिका खेल्नुपर्छ," उनले भने । 

एक नेताका अनुसार पार्टी सदस्यता वितरण, नवीकण गर्ने र जनसंख्याको प्रतिनिधित्व हुने गरी न्यूनतम १० प्रतिशत सदस्य बढाउनै पर्ने कार्यभार दिइने छ । 

“पार्टी सदस्यता वितरण, नवीकरण, पार्टी संगठन गठन, पुनर्गठन गर्ने काम गर्नुपर्ने छ,” तीन नेता भन्छन्, “जातजाति, समूह प्रतिनिधित्व हुने गरी जनसंख्याको १० प्रतिशत संगठित सदस्यता अनिवार्य बढाउनैपर्ने छ । आफ्नो कार्यक्षेत्रमा भइरहेका सदस्हरूको न्यूनतम १० प्रतिशत सदस्य बढाउनै पर्छ । त्यसमा थप गर्न पनि पाइयो ।”

त्यस्तै,  माओवादीले केन्द्रीय सदस्यहरूलाई हरेक पार्टीका घरघरमा जान निर्देशन दिएको छ । सबैको घरघरमा गएर माओवादीका कमिकमजोरी र अब गर्नुपर्ने कामबारे छलफल गर्नुपर्ने कार्यभार रहेको मुख्यसचिव ढकालले जानकारी दिए । 

“माओवादीले के गर्नुपर्छ ? के गर्दिए हुन्थ्यो ? माओवादीका कमिजोरीहरू के हुन ? अघि कसरी जाने भन्ने कुराहरूमा बहस गर्नुपर्ने छ,” उनी भन्छन् । 

शिक्षक, बुद्धिजीवी, डाक्टर, नर्स, उद्योगपति व्यापारीसँगको भेट गर्नुपर्ने पनि जिम्मेवारी तोक्ने तयारी छ । शैक्षिक नीति कस्तो बनाउने ? उद्योग व्यापारको नीति कस्तो बनाउने ? त्यसको सुझाव संकलन गरेर लिखित रिपोर्ट बुझाउन निर्देशन दिने तयारी भएको नेताहरू बताउँछन् ।

आईटी फोरम बनाइँदै 

माओवादीले विज्ञान र प्रविधिको प्रयोग गर्न आईटी फोरम बनाउने तयारी गरेको छ । त्यसको तयारी भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

“आईटी फोरमका युनिट बनाउने । मोबाइल एप, वेब डाटाबाट सुरु गर्ने,” उनले भने, “तपाईंहरूको विज्ञता र मेरो स्प्रिटलाई मिसायो भने सहज हुने छ ।”

आईटी युनिटबाट नेताहरूलाई निर्देशन पठाइने छ ।

‘विधान सम्मेलन र विशेष महाधिवेशन कोसेढुंगा’ 

माओवादीले तीन महिने अभियानपछि विधान सम्मेलन गर्दै छ । प्रवक्ता सापकोटाले मंसिरमा गरिने विधान सम्मेलन र त्यसपछि गरिने विशेष महाधिवेशन माओवादीका लागि कोसेढुंगा भएको बताए । विधान सम्मेलनमा विचारको कुरा हुने उनले बताए । उनले अहिले विचार आवश्यक छैन भन्ने भाष्य निर्माण गर्न लागिएको त्यो गलत भएको बताए ।

“विशेष महाविधेशन विशेष हुने छ । हामीले बहसको आरम्भ गर्नेछौँ । विचार आवश्यक छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । विचारभन्दा ठुलो कुरा अरू हुन सक्दैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !