site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैदी मृत्यु प्रकरण : संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा
प्रतीकात्मक तस्बिर।

काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौजना कैदीमाथि अनुसन्धान थालेको छ । कारागारभित्रका कैदीको कुटपिटबाट उनीहरुको ज्यान गएको आशंकामा प्रहरीले अन्य कैदीमाथि अनुसन्धान थालेको हो ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार कारागारका अन्य कैदीहरुले उनीहरुमाथि आशंका गरेपछि आफूहरुले सोधपुछको लागि सुरक्षित स्थानमा राखेको बताए ।

Dabur Nepal
NIC Asia

उनले भने, “अहिले नै नियन्त्रणमा रहेकामाथि आशंका गर्न मिल्दैन । तर, कारागारका अन्य कैदीहरुले उनीहरुको कारण मृत्यु भएको बताएपछि हामीले नौजना कैदीहरुलाई जिप्रकामा राखेका हौँ ।”

सोमबार नुवाकोट ककनी गाउँपालिकाका २८ वर्षीय आकाश बलामी र विनोद तोलाङ कारागारबाट भाग्न खोजेका थिए । तर, प्रहरीले थाहा पाएपछि लगत्तै नियन्त्रणमा लिएर फेरि कारागार नै पठाइएको थियो ।

तर, मंगलबार बिहान भने उनीहरु अचेत भेटिएका थिए । कारागार प्रशासनले उनीहरुले उपचारको लागि अस्पताल पु¥याएको थियो । सो घटनाबारे छानबिन गर्न संखुवासभाका सहायक जिल्ला अधिकारी मोहनमणि अधिकारीको नेतृत्वमा छानबिन समिति समेत बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro