site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा डेंगीको निःशुल्क परीक्षण 

विराटनगर । विराटनगर महानगरपालिकामा डेंगीको निःशुल्क परीक्षण गर्ने प्रबन्ध मिलाइएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर स्वास्थ्य केन्द्रमा किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगरमा समेत फाट्टफुट्ट संक्रमित फेला पर्न थालेकोले यसको परीक्षण निःशुल्क गर्ने तयारी गरिएको बताए ।

Dabur Nepal
NIC Asia

यसअघि, निजी स्वास्थ्य संस्थाले डेंगी किटबाट परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको महागनरका मेयर नागेश कोइरालाले बताए ।

“महानगरसित भएको स्रोत साधनबाट महानगरबासीलाई अधिकतम सेवा दिने हाम्रो उद्देश्य रहेको छ,” मेयर कोइरालाले भने, “तत्कालका लागि महानगरपालिका मातहत रहेको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगीको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।”

महानगरले हरेक शुक्रबार डेंगी खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म १९ वटै वडामा यस्तो अभियान संचलन हुँदै आएको महानगरले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro