site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसकै सांसद भन्छन्– माओवादीले मानेको छैन, तर छानबिन समिति चाहिन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ लागेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग उनले संसद् अवरोधमा सरकार नै जिम्मेवार रहेको पनि बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानि नहुने बताए ।

उनले राजस्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने पनि बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुनेमा विश्वास गर्न नसकिने बताए ।

उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र)का सांसदहरू नै नमानेको र ढिलो चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro