site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाको बैठक पुनः प्रभावित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।

करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकको आकस्मिक समयमा बोल्ने क्रममा भने एमाले सांसदहरूले अवरोध गरेका थिएनन् । आकस्मिक समयपछि कार्यसूची अघि बढाउन खोज्दा उनीहरूले विरोध जनाएका हुन् ।

एमाले सांसदले उठेर विरोध जनाएपछि सत्तापक्षका सांसदले सहज रूपमा सभा सञ्चालन हुनुपर्ने र सबैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।

Global Ime bank

त्यसअघि, बैठकमा एमाले सांसद विमला घिमिरेले सरकारको छानबिन समितिले सुन तस्कारी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन नसक्ने जिकिर गरिन् । उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनले माग गरिन् ।

सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनशन बस्छु भनेर बोलेको बताएकी थिइन् । त्यसपछि नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले आपत्ति जनाए । बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रायमाझीले बैठकको रेकर्ड हेर्न माग गरे ।

सत्ता र प्रतिपक्ष सांसदहरूबीच वादविवाद भएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहज रूपमा बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर, एमाले सांसदले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार बस्ने गरी बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement