site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोल्पामा बस दुर्घटना हुँदा श्रीमान्–श्रीमतीसहित चारजनाको मृत्यु
SkywellSkywell

काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेर २० मिनेटमा त्रिवेणी गाउँपालिका–७, तिलास्थित रीचिगाउँनजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय वागमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

दुर्घटनामा माडी गाउँपालिका–२ का २१ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ का भक्त विकको मृत्यु भएको उनले बताए ।

उनका अनुसार दुर्घटनाअघि बसमा २२ जना सवार रहेका अनुमान गरिएको छ । बसमा सवार अरू यात्री घाइते छन् । घाइतेहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइँदै छ ।

Royal Enfield Island Ad

“अहिलेसम्म २२ जना सवार भन्ने अनुमान गरेका छौँ, बुझ्ने कार्य जारी छ,” प्रहरी निरीक्षक भुसालले बाह्रखरीसित भने, “घाइतेको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाउँदै छौँ । उद्धारकार्य जारी छ ।”

बस सडकबाट अन्दाजी १५० मिटर तल खसेको उनले जानकारी दिए । उनका अनुसार बसका चालकको टाउकामा चोट लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro