अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा ‘नेपाल पे’ र ‘फोन पे’ दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेर सेवाको सुरुवात गरेका हुन् ।
उक्त सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिनसक्ने बैंकले जनाएको छ ।
यसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १७:१३
प्रतिक्रिया दिनुहोस्