site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...त्यसपछि ७० ब्यागेज दुबईमै छोडेर उड्यो फ्लाई दुबई
फाइल तस्बिर।

काठमाडौं । आइतबार फ्लाई दुबईको जहाजले ७० वटा ब्यागेज दुबईमा छोडेर काठमाडौं आएको छ । आइतबार राति साउदीको दम्माम हुँदै दुबईबाट काठमाडौं आएको जहाजले ७० वटा ब्यागेज दुबईमा छोडेको छ ।

आइतबार राति १२ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  फ्लाई दुबईको उडान नम्बर एफडीबी ५७४–५७३ को जहाजले ब्यागेज छोडेको हो ।

जहाज उडान गर्ने समयमा मौसम प्रतिकूल हुँदा फ्लाइ दुबईले ब्यागेज छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

“अन्तर्राष्ट्रिय विमान कम्पनीले प्यासेन्जर र ब्यागेज ल्याउँछन् । मौसमले गर्दा कहिलेकाँही फ्युल बढी बोक्नुपर्ने हुन्छ । मौसम प्रतिकूल हुँदा फ्युल बढी बोक्नुपर्ने हुन्छ । जहाजले उडान गर्दा निश्चत तौल तोकिएको हुन्छ,” ती कर्मचारीले भने, “सोहीअनुसार जहाजले उडान गर्छन् । उडान तौलभन्दा बढी उडान गर्न पाइँदैन । त्यस्तो अवस्थामा जहाजले ब्यागेज छोडेर फ्युल बोक्ने गर्छन् ।”

छुटेको ब्यागेज आज साँझ काठमाडौं आइपुग्ने विमानस्थल स्रोतले जनाएको छ ।

“हिजो फ्लाई दुबईको उडानमा पनि त्यही भएको हो । दुबईबाट उडान गर्दा मौसम प्रतिकूल हुँदा फ्यूल बढी बोक्नुपर्ने भएछ । त्यसपछि ब्यागेज छोडेको जनाएको छ । यो सामान्य प्रक्रिया हो। आजको साँझको उडानमा सामान ल्याउने हामीलाई जनाएको छ,” ती कर्मचारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro