site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४औँ अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची तय गरेको छ । बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

Argakhachi Cement Island Ad

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

यस्तै, उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्