site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभागले सुन प्रकरणको अनुसन्धान फाइल र आरोपित सीआईबीलाई बुझायो

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विनटल सुन प्रकरणबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएको छ । विभागले हालसम्म गरेको अनुसन्धान फाइल र पक्राउ परेका आरोपितलाईसमेत सीआईबीको जिम्मा लगाएको हो ।

३ साउनमा विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको मोटरपार्ट्सभित्र लुकाएको करिब एक क्विनटल सुन बरामद गरेको थियो । हालसम्म सो प्रकरणमा विभागको टोलीले १८ जनालाई पक्राउ गरेको छ ।

Dabur Nepal
NIC Asia

जसमध्ये एकजना भने हाजिरी जमानीमा छुटेका छन् । विभागले सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित रूपमा तस्करी भएको देखिएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको हो ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले विभागले अनुसन्धान फाइल र सबै आरोपितको जिम्मा आफूहरूलाई लगाएको बताए । 

"अनुसन्धानका लागि हालसम्म भएका सबै फाइल र आरोपितहरूलाई हामीले ल्याएका छौँ । अब सबै कोणबाट हामी अनुसन्धान गर्छौं," बज्राचार्यले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro