site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नागरिकको स्वतन्त्रताको सम्मान लोकतान्त्रिक समाजको सम्भवतः सबैभन्दा बढी महत्त्वपूर्ण गुण हो । नागरिकको स्वतन्त्रता रक्षाकै लागि न्यायालयलगायतका राज्य संयन्त्रहरू क्रियाशील पनि हुन्छन् । तैपनि, समाज सहिष्णु भएन भने लोकतन्त्र खोक्रो हुन पुग्छ ।

समाजमा स्वतन्त्रताको अभ्यास नागरिकको सजगता र सहिष्णुतामा निर्भर हुन्छ । तर, सार्वजनिक पदमा रहेकाहरू बढी सहिष्णु र सजग भएमात्र लोकतान्त्रिक संस्कृतिको विकास हुनसक्छ । यसैले राज्य र नागरिक दुवैको प्रयासमा भएमात्र समाज सजग र सहिष्णु हुन्छ ।

विडम्बना, लोकतन्त्र स्थापनाका लागि लामो बलिदानपूर्ण सङ्घर्ष गर्ने नेपालीहरू लोकतान्त्रिक संस्कारको विकास र अभ्यासमा भने निकै कमजोर देखिएका छन् । सार्वजनिक पदमा पुगेका अधिका‌शमाले असहिष्णु चरित्र र प्रवृत्ति देखाउने गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्यको विभिन्न तहमा रहेका सार्वजनिक व्यक्तिहरूमा असहिष्णु चरित्र बढी नै रहिआएको छ । सार्वजनिक पदाधिकारीले गर्ने असहिष्णु व्यवहारले समाजमा पनि गलत छाप पारेको देखिन्छ । सायद, यसैले असहिष्णुता नागरिक स्तरमा पनि बढी नै प्रकट हुनथालेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुखविरुद्ध प्रदर्शन गर्ने एक महिलालाई नेपाल प्रहरीले पक्रेर पूर्पक्षका लागि थुनामा राखेको छ । सार्वजनिक विद्यालयमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेकी यी महिलाविरुद्ध महानगरपालिकाले उजुरी गरेपछि प्रहरीले पक्रेर थुनेको हो ।

Global Ime bank

महानगरपालिकाले विरोध दबाउन यसरी दमनको बाटो रोज्ने हो भने त्यसबाट अन्ततः लोकतन्त्र नै कमजोर हुने हो । नागरिकलाई संविधानले नै प्रत्याभूत गरेको शान्तिपूर्ण विरोधको नैसर्गिक अधिकार अपहरण गर्नु संविधान र लोकतन्त्रमा प्रहार गर्नु पनि हो ।

लोकतन्त्रको आधार स्तम्भमा प्रहार गर्ने विराटनगर महानगरपालिकाको प्रयास अन्ततः प्रत्युत्पादक हुनुक्छ । शान्तिपूर्णरूपमा असन्तुष्टि र असहमति व्यक्त गर्न दिइएन भने विरोधका लागि हिंसात्मक उपाय अपनाइएका बग्रेल्ती उदाहरण छन् ।

विराटनगर महानगरपालिकाको घटना प्रतिनिधि दृष्टान्तमात्रै हो । संघ सरकारदेखि पालिकातहसम्मका धेरै कर्मचारी र निर्वाचित पदाधिकारीमा विरोध पटक्कै नसहने असहिष्णु प्रवृत्ति पाइन्छ । लोकतन्त्र भने शासन पद्धति नभएर जीवन शैली र संस्कार हो ।

सार्वजनिक पदाधिकारीको विरोध व्यक्ति विशेषको नभएर निजको संस्थागत निर्णय र अभ्यासका कारण हुने गरिने हो । यसैले सार्वजनिक पदमा रहन चाहनेले सहिष्णु हुन पनि सिक्नु र सक्नुपर्छ । विराटनगर महानगरपालिकाका प्रमुखले पनि लोकतन्त्रको यो मर्म आत्मसात गरे उनकै भलो हुनेछ ।          


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय