राजनीति
काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका पदका लागि आवेदन खुलाएको छ । परिषद् सचिवालयले शनिबार (हिजो) गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गर्दै १५ दिनभित्र आवेदन माग गरेको हो ।
परिषद्ले महालेखापरीक्षक, निर्वाचन अयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगका लागि रिक्त रहेका पदमा आवेदन मागेको छ । हाल महालेखापरीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग र मुस्लिम आयोगमा सदस्य पद रिक्त छ ।
साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट संवैधानिक निकायमा पदपूर्ति गर्ने निर्णय गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्