site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे तीन अर्बभन्दा बढी

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा १०.३५ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि भएको हो ।

गएको वर्षको अन्त्यसम्म यो बैंकले चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो बैंकले खराब कर्जा १ प्रतिशतभन्दा तल राखेको छ । गएको आवको अन्त्यसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशत कायम छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.५३ प्रतिशत थियो ।

Dabur Nepal
NIC Asia

बैंकले असार मसान्तसम्म १२ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फी तथा कमिसनबाट दुई अर्ब ३२ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले उक्त अवधिमा ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

बैंकले असार मसान्तसम्म दुई खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्म तीन खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको चुक्त पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा गएको वर्षको अन्त्यसम्म १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा भने ७.९३ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यसम्म यस्तो नाफा तीन अर्ब ६९ करोड ८८ लाख रुपैयाँ छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो । गएको वर्ष लाभांश नदिएको बैंकको यो वर्ष लाभांश क्षमता ३१ रुपैयाँ ९९ पैसा छ ।

बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro