site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आइएमई बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४६ प्रशितल वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सही अवधिमा बैंकले चार अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै नाफा बढ्न पुगेको हो । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । 

गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिसनबापत दुई अर्ब ६ करोड पाँच लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म बैंकले १० अर्ब ३६ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । 

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.२८ प्रतिशत मात्र थियो । त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ बैंकको कर्जा लगानी भएको छ भने चार खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 

कम्पनीको वितरणयोग्य मुनाफा ८.७१ प्रतिशतले घटेको छ । बैंकको गत वर्षसम्मको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा तीन अर्ब २३ करोड ९२ लाख रुपैयाँ थियो । 

गत वर्षसम्मको वितरणयोग्य मुनाफाबाट बैंकको लाभांश क्षमता ८ रुपैयाँ २७ पैसा रहेको छ । गत वर्ष लाभांश क्षमता १३ रूपैयाँ ६१ पैसा रहेको थियो । बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १९ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ सञ्चित गरेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ७७ पैसा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro