अर्थ व्यवसाय

काठमाडौं । ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ ।
सम्झौताअनुसार विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स ईसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सम्झौतापत्रमा ईसेवा मनी ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्