site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेगवेका इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ब्याजदरमा, १८ महिनासम्म पैसा तिर्दा हुने

काठमााडौं । सेगवे नाइनबट नेपालको आधिकारिक विक्रेता आइहबले विशेष अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रिक स्कुटरहरुको खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा ल्याएको हो ।

यो योजनाअन्तर्गत इच्छुक व्यक्तिले पाँच लाख रुपैयाँसम्मको ऋणमा बिनाब्याज आफ्नो रोजाइको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।

यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन१००, ई१००, ई११० एल, र ई१२५ मा लागु हुने कम्पनीले जनाएको छ ।

शून्य प्रतिशत फाइनान्सिङ सेवाले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो सेवाले ग्राहकलाई सेगवे इलेक्ट्रिक स्कुटरको खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको कम्पनीको विश्वास छ ।

यसबाहेक कम्पनीले सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार पनि उपलब्ध गराउने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro