site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १६२ प्रतिशतले बढ्यो, नाफा कति ?
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत वर्ष ९.७५ प्रतिशत नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण बुुधबार सार्वजनिक गरेको हो ।

गतवर्षको अन्त्यसम्म बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले एक अर्ब ६८ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गतवर्ष खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै बैंकको नाफा बढ्नुमा सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशतले बढेको छ ।

Dabur Nepal
NIC Asia

गतवर्षको अन्त्यसम्म बैंकले खुद ब्याज आम्दानीबाट पाँच अर्ब ३८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले खुद ब्याज आम्दानी बापत चार अर्ब ८७ करोड ८० लाख रुपैयाँ आर्जन गरेको थियो ।

सञ्चालन मुनाफाबापत गतवर्षको अन्त्यसम्म दुई अर्ब ६९ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो शीर्षकमा बैंकले दुई अर्ब ४५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

तर, बैंकको खराब कर्जा बढ्दा नाफा वृृद्धिमा केही असर परेको देखिन्छ । गतवर्षको अन्त्यसम्म बैंकको खराब कर्जा २.१२ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.०४ प्रतिशत थियो । गतवर्ष खराब कर्जा १.०८ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

खुद फि एण्ड कमिसनबाट प्राप्त हुने आम्दानी भने ३.१७ प्रतिशतले घटेको छ । गतवर्ष फि एण्ड कमिसनबाट एक अर्ब १२ करोड ६२ लाख रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष एक अर्ब १६ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकले गर्दै आएको कर्जा लगानी पनि १.६४ प्रतिशतले घटेको छ । गतवर्षको अन्त्यसम्म एक खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी भएको छ भने अघिल्लो वर्ष एक खर्ब २८ अर्ब ५७ करोड ३१ लाख कर्जा लगानी गरेको थियो ।

निक्षेप संकलन भने ६.३१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष एक खर्ब ५४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो वर्ष भने बैंकले एक खर्ब ४५ अर्ब दुई करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको वितरणयोग्य मुनाफा भने १६२.६६ प्रतिशतले बढेको छ । गतवर्ष सेयरधनीलाई लाभांश वितरण नगरेको बैंकले वितरणयोग्य मुनाफा बढाएको हो । यो वर्ष यो सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिने बैंकको क्षमता देखिन्छ । गतवर्षको अन्त्यसम्म वितरणयोग्य मुनाफा एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै कम्पनीको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा चार अर्ब ४६ करोड ५२ लाख रुपैयाँ सञ्चित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu