site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महसुल घटाएपछि उपभोक्तालाई राहत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागु हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । 

पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महसुल दर घटाउँदै आएको छ । आठ युनिटसम्म न्यूनतम दर रु एक सय ७५ यथावत् राखिएको छ । नौदेखि २० युनिटसम्म (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ४० घटाएर रु ३० बनाइएको छ । एक्काइस  युनिटभन्दा माथि (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ६३ घटाएर रु ५३ महसुल  कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।   

KFC Island Ad
Dabur Nepal
NIC Asia

तीन हजार दुई सय धारा जडान गरी घर–घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ । शाल तीन हजार ९२३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन् । अहिले तीन हजार ४९३ धारामा नियमित पानी वितरण भइरहेको छ । ४३० धारा जडान गर्न बाँकी छ । सात हजार धारा जडान गर्न करिब रु ५० करोड खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिए ।  

रामपुर–४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ ।  रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro