site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मलाई पनि राजीनामा उपयुक्त लागेको छैन, तर दिनुपर्‍यो : बाबुराम गौतम

काठमाडौं । सत्ता गठबन्धनमा बहुमत पुर्‍याउन राजीनामा दिएका कोसी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले परिवेश हेरेर राजीनामा दिएको बताएका छन् । तर, आफ्नै खुसीमा राजीनामा दिएको उनको भनाइ छ ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, "मेरो कसैले हात समाएको छैन । आफ्नै खुसीमा राजीनामा दिएको हुँ ।"

उनले आफूले नैतिकताका आधारमा नभएर परिवेशले मागेपछि राजीनामा दिएको पनि बताए । यद्यपि आफूलाई सरकार गठनका लागि सभामुखले राजीनामा दिने विषय उपयुक्त नलागेको गौतमले बताए ।

"व्यक्तिगत रूपमा भन्दा मलाई पनि राजीनामा उपयुक्त लागेको छैन । तर अहिले प्रदेशको परिवेश र जटिलताको बीचमा मैले राजीनमा दिुपर्‍यो," उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्