देश
काठमाडौं । काठमाडौ उपत्यकाको वाग्मती नदीको सहायक नदीहरूमा जलसतह बढेको छ । मनोहरा, हनुमन्ते र अन्य साना नदीमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनोहरा बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएकाे छ ।
वाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०८:५०
प्रतिक्रिया दिनुहोस्