site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईटी क्षेत्रले गर्‍यो ६७ अर्बको निर्यात, १०६ कम्पनी र ६६ हजार फ्रिलान्सर
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सन् २०२२ मा नेपालको सूचना प्रविधि क्षेत्रका कम्पनीहरुले ५१ करोड ५४ लाख अमेरिकी डलर अथवा ६७ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरेका छन् ।

नेपालको आईटी क्षेत्रको निर्यात अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ३१ करोड ३९ लाख अमेरिकी डलरको निर्यात भएको थियो ।

यस्तै, नेपालका कम्पनीहरुले सन् २०२० मा ३० करोड ८३ लाख अमेरिकी डलरको आईटी सेवा तथा उत्पादन निर्यात गरेका थिए ।

एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार ६६ हजार फ्रिलान्सर रहेका छन् ।

आईआईडीएसका अनुसार निर्यात गर्ने आईटी कम्पनीको संख्या सन् २०२२ सम्ममा १०६ पुगेको देखाएको छ । यी कम्पनीमा ४१ लाख २६ हजार अमेरिकी डलर अथवा पाँच अर्ब ४२ करोड नेपाली रुपैयाँ लगानी भएको छ ।

यो निर्यातमा आईटी कम्पनीको हिस्सा २० करोड १३ लाख रहेको छ भने आईटी फ्रिलान्सरको हिस्सा ६९ लाख ६० हजार रहेको छ । यस्तै, आईटीईएस फ्रिलान्सरहरुले २४ करोड ४५ लाख अमेरिकी डलरको निर्यात गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro