बाह्रखरी फोटो
काठमाडौं । काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन भत्काउने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन भएको स्थाननजिकै कार्यालय भवन रहेको भन्दै भत्काउन लागिएको हो ।
त्यसका लागि नगर प्रहरीको टोली हाँडीगाउँस्थित काठमाडौं–५ को वडा कार्यालय रहेको स्थानमा पुगेको छ । डोजर लिएर नगर प्रहरी हाँडीगाउँमा पुगेका हुन् । महानगरको टोली मेयर बालेन्द्र शाह (बालेन)को आदेशको प्रतीक्षामा छ ।
भवन भत्काउने विषयमा मेयर बालेनले यति बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसित छलफल गरिरहेको नगर प्रहरीले जनाएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १५:१४
प्रतिक्रिया दिनुहोस्