-1748761422.jpg)
काठमाडौं । सरकारसँग विभिन्न माग राखेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
आइतबार बबरमहल पुलअगाडि उनीहरूले गाडी तेर्स्याएर आन्दोलन गरिरहेका छन् । व्यवसायीको आन्दोलनले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त भएको छ ।
यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।
व्यवसायीले भोलि बिहानदेखि लामो दूरीकासहित सबै सार्वजनिक सवारीसाधन बन्द गर्ने चेतावानी दिएका छन् ।
सार्वजिक यातायात बचाउ समितिले अनिश्चितकालका लागि बन्द गरिने भएकाले भोलि बिहानसम्म गन्तव्यमा गइसक्न यात्रुहरूलाई अनुरोध गरेको छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिएपछि गण्डकी प्रदेशलगायत देशभरका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी