site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा जनमतका मन्त्रीले दिए राजीनामा
SkywellSkywell

जनकपुरधाम । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए ।

KFC Island Ad
NIC Asia

दुवैलाई हटाएर अब विस्तार गरिने मन्त्रिपरिषद्मा प्रदेशसभामा पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र मञ्जु खंगलाई राज्यमन्त्रीका रूपमा पठाउने जनमतको तयारी छ । आज मधेस मन्त्रिपरिषद् विस्तार गरिने तयारी छ ।

अहिले गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले नै सम्हालेका छन् । नेपाली कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro