site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई प्रचण्डको जवाफ– हुन्छ, हेर्छु, हेरौँला !
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा आनाकानी गरेका छन् ।

सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले समिति बनाएर संसद्को अवरोधलाई अन्त्य गर्न आनाकानी गरेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको माग छ ।

“प्रधानमन्त्रीलाई अध्यक्षज्यूले क्विटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढौँ, अनि मात्र संसद्को गतिरोध अन्त्य हुन्छ भन्नुभयो,” गिरीले बाह्रखरीसँग भने, “तर, उहाँले ठोस जवाफ दिनु भएन । हुन्छ, हेर्छु, हेरौँला जस्तो जवाफ दिनुभयो ।”

Royal Enfield Island Ad

सो प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका गर्दै गिरीले उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने एमालेको ‘बटमलाइन’ भएको सुनाए ।

समिति बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट जवाफ र प्रतिबद्धता नजनाएकाले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने एमालेको तयारी छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

“हामीले भनेजस्तै उच्चस्तरीय छानबिन समिति नबनेसम्म वातावरण सहज बन्दैन,” गिरीले भने ।

सोही विषयमा यही साउन १० गतेको प्रतिनिधिसभा बैठक सञ्चालनमा पनि एमाले सांसदले अवरोध गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro