site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से २१०० विन्दुभन्दा तल झर्‍यो, साढे दुई अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक लगातार ओरालो लागेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से १२६ अंक घटेको छ । आइतबार नेप्से परिसूचक २६.७३ अंकले घटेर २१०० विन्दुभन्दा तल झरेको छ ।

यस दिन नेप्से १.२५ प्रतिशत घटेर २०९९.७५ विन्दुमा कायम भएको छ । आज दुई अर्ब ४८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से त्यसपछिका कारोबार दिनमा लगातार ओरालो लाग्दै आएको छ ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६६ धितोपत्रको ६८ लाख १० हजार ४५० कित्ता खरिद–बिक्री भएको छ ।

Global Ime bank

आज पाँच कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । सर्वाधिक सेयर मूल्य घट्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो कम्पनीको ६.७८ प्रतिशत घटेको छ ।

पिपुल्स पावर लिमिटेडको सेयर मूल्य भने ३.५६ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको १४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य घटेको छ । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता ६१५ रुपैयाँ कायम भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.३२ प्रतिशतले परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक २.३२ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय