अर्थ व्यवसाय
काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि ‘फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । सानिमा ‘थ्री इन वान’ खाताको परिस्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।
यस सेवामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।
यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरूले बैंकको वेवसाइटमा उपलब्ध ‘फाइभ इन वान’ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १९:०१
प्रतिक्रिया दिनुहोस्