site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर धितोकर्जा : ५० लाखसम्मको जोखिमभार १०० प्रतिशत गणना गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको सेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो ।

गएको आइतबार राष्ट्र बैंकले मौद्रिक नीति २०८०/०८१ सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभारमा केही हेरफेर गर्ने भनेको थियो ।

उक्त दिन सेयर लगानीकर्ता आशावादी भएका थिए । सो दिन नेप्से ६३ अंक बढेको थियो । सोही दिन गभर्नर महाप्रसाद अधिकारीले ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा १५० प्रतिशत नै जोखिम भार कायम हुने बताएका थिए ।

त्यसपछिका दिनहरूको कारोबारमा सेयर बजार उच्च अंकले घट्दै आएको छ । ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा जोखिम भार १५० प्रतिशत कायम गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro