site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीमा भेटियो युवकको शव
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो ।

यस्तै, हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्