site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रशासकीय अधिकृत विष्टलगायत सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सातजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो ।

Dabur Nepal
NIC Asia

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध २६ लाख दुई हजार ५५६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यस्तै, इन्जिनियर सन्तोष पाण्डेविरुद्ध ११ लाख ३० हजार २७२, तत्कालीन अर्का इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध १४ लाख ७२ हजार २८३ रुपैयाँ, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध २६ लाख दुई हजार ५५६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध २६ लाख दुई हजार ५५६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro