site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलस्रोतको धनी देश नेपालले विदेशबाट कति आयात गर्‍यो पानी ?

काठमाडौं । जलस्रोतको धनी देश नेपालले विदेशबाट पानीको पनि आयात गर्ने गरेको छ । भन्सार विभागका अनुसार पछिल्लो एक वर्षमा नेपालले तीन लाख ३२ हजार रुपैयाँको मिनिरल वाटर आयात गरेको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले एकहजार ९२२ लिटर मिनिरल वाटर आयात गरेको हो । नेपालले फ्रान्स, भारत र बेलायतबाट मिनिरल वाटर आयात गरेको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले एक लाख एक हजार रुपैयाँको मिनिरल वाटर आयात गरेको थियो । 
 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्