site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टाउकोमा प्रहार गरी वरिष्ठ नायव निरीक्षकको हत्या, आमाछोरा पक्राउ
Sarbottam CementSarbottam Cement

पोखरा । मृत भेटिएको भनिएका प्रहरी वरिष्ठ नायव निरीक्षकको हत्या भएको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ भीमगिठे प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक उज्जवल पौडेल खाजा घरमा मृत भेटिएका थिए ।

खालबजारमा रहेको आशा होटल तथा खाजा घरमा सोमबार राति १२ बजे मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबारदेखि नै खाजा घर सिल गरी सञ्चालक आशा कुँवर र विनोद कुँवरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनाले पौडेलको हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार टाउकोमा प्रहार गरेपछि बेहोस भएका पौडेललाई घाँटीमा कपडाले बेरेर हत्या गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जवल पौडेलेको टाउकोमा हात मुक्काले मराणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्ताले प्रहरा गरि बेहोस भई भुइँमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसेर हत्या गरेको,” केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हत्यापछि पौडेलले लगाएको सुनको सिक्रीसमेत चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पौडेलको हत्या भइसकेपछि उनले लगाएको सिक्रीलाई भान्छा कोठामा लगेर लुकाइएको थियो ।

Global Ime bank

तर, अहिले नै हत्याको कारण प्रस्ट भइनसकेको बागलुङ प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले बताए ।

“अहिले नै यही भन्ने आएको छैन । कहिले के, कहिले के भनिरहेका छन् । अनुसन्धान गर्दैछौँ,” उनले भने ।

मृतक पौडेलको शव पोस्टमार्टमका लागि पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरिने छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा पौडेलको शव पोस्टमार्टमका लागि पोखरा पठाइएको खड्काले जानकारी दिए ।

सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मंगलबार साँझ उनको शव पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा पोस्टमार्टम नगरी पोखरा पठाइएको थियो । पोस्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको छ ।

बुधबार नै पर्वतको मोदीवेनीमा उनको दाहसंस्कार गरिएको छ । मृतक सई गतसाल भदौदेखि इलाका प्रहरी कार्यालय भिमगिठेमा खटिएका थिए । पर्वतको कुश्मा नगरपालिका–९ घर भएका पौडेलको पत्नि र दुई सन्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement