site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभिन्न समयमा बरामद भएका आठहजार ८९६ थान हतियार नष्ट गरियो 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । विभिन्न समयमा बरामद गरिएका आठहजार ८९६ थान हातहतियार नष्ट गरिएको छ । ती हातहतियार कानुनअनुसार नष्ट गरिएको प्रहरीले जनाएको छ ।  

नष्ट गरिएका हतियारमा भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेका हतियार ८४ थान रहेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा ती हातहयितार नष्ट गरिएको हो । हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा हातहतियार नष्ट गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro