site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा लगातार तेस्रो दिन गिरावाट, कारोबार रकम घट्यो

काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार करिब ३ प्रतिशतले बढेको नेप्से सोमबार र मंगलबार भने घटेको छ ।

आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको छ । यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६० धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर दुई अर्ब ४३ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार २६७ धितोपत्रको दुई अर्ब ९१ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये तीनवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । १० वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २५ रुपैयाँ कायम भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.४९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro