site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन प्रणाली फेर्न नेतृत्व गरौँ, जनतामा गएर बीपीको कांग्रेस बनाऔँ : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूलाई केन्द्रीय समिति बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जनाएका छन् । ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केन्द्रीय समितिमा राखिने कतिपय विषय बाहिर आउन नहुने धारणा राखे ।

"पहिलोपटक बैठक लाइभ गर्‍यौँ । कतिलाई राम्रो लाग्यो, कतिलाई नराम्रो । मलाई चाहिँ असजिलो लाग्यो । केन्द्रीय समिति भनेपछि कतिपय कुरा बाहिर आउनुभएन । यो बैठकमा धेरै समय हामीले आरोपप्रत्यारोपमै खर्च गर्‍यौँ," उनले भने ।

उनले केन्द्रीय समिति बैठकपछि कांग्रेसलाई विधिसम्मत चलाउने विश्वास दिलाए । "हाम्रो एउटै चाहना नेपाली कांग्रेस विधि, विधानअनुसार चलोस् भन्ने हो । त्यो चाहना पूरा भएको छैन । धेरै प्रयास गर्दा हामीले सकेनौँ । भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू, विभाग बनाउन सकेको छैन । अनुशासन समिति पूर्ण भएको छैन । अब कांग्रेस विधि र विधानसम्मत चलाउने विश्वास दिलाउन चाहन्छु," कोइरालाले भने । 

Dabur Nepal
NIC Asia

उनले निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने तर्क गरे । अहिलेको निर्वाचन प्रणालीबाट एक दलको बहुमत आउने अवस्था नरहेकाले कांग्रेस नेतृत्व निर्वाचन प्रणाली फेर्न नेतृत्व गर्नुपर्ने कोइरालाको भनाइ छ । 

"निर्वाचन प्रणाली सम्भव नहुने बनायौँ, बहुमत नआउने अवस्था छ । समावेशी सहभागिता र समानुपातिक चरित्रको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । प्रत्यक्ष निर्वाचनमार्फत समावेशी, समानुपातिक बनाउन सकिन्छ । त्यो इच्छा शक्ति कांग्रेसले देखाएर अरू दललाई कन्भिन्स गर्नुपर्छ," उनले भने ।

उनले आगामी दिनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने पनि बताए । उनले पार्टीबाट धेरै उमेदवार नउठाएकाले समानुपातिक मत घटेको तर्क गरे । 

"साढे सात प्रतिशत समानुपातिक मत घट्यो । किनभने हाम्रो उमेदवार धेरै ठाउँमा थिएनन् । टिकट वितरणमा न्याय दिन हामीले सकेनौँ । संसदीय बोर्डमा भएकाले म क्षमा माग्न चाहन्छु," उनले ने । 

उनले भ्रष्टाचारले देशलाई गम्भीर तरिकाले गाजेकाले आगामी दिनमा कांग्रेस शून्य सहनशीलतामा अघि बढ्नुपर्ने बताए । मूल्यवृद्धिले  जनतालाई कठिन भएकोतर्फ दलहरू सचेत बन्न नसकेको उनको आरोप छ । 

"रोजगारी छँदै छैन भने हुन्छ । प्रत्यक वर्ष ६ लाख मानिस श्रम बजारमा आउँछन् । तर, ५० हजारलाई रोजगारी दिन सकिन्न । कसरी देश बन्छ ?," उनको प्रश्न थियो ।

उनले अगाडि थपे,"किसानको कुरा गर्दा मलखातको कुरै नर्दा हुन्छ । छिमेकी मुलुकले चामल विश्वभर नपठाउने भन्यो, अब हालत के होला ? यस्तो विषयमा कांग्रेसले गम्भीर रूपमा सोच्नुपर्छ," उनले भने । 

उनले बीपीको पार्टी जनताबाट टाढिएको बताउँदै जनतासँग गए फेरि पार्टीलाई बलियो बनाउन सकिने बताए ।

"तपाईंलाई कुनै किसिमको अन्याय नहुने प्रतिबद्धता जनाउँछु । विनम्र अनुरोध छ, जनतासँग जोडिनुहोस् । बीपीको पार्टी जनताबाट टाढिएको छ । जनता सँग गए बीपीको पार्टी बनाउन सकिन्छ, त्यो अठोटको साथ अघि बढौँ," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro