site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सिनेमा चलाएर आफ्नो हल सञ्चालनमा ल्याउँदै दीपक–दीपा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भनिए पनि उक्त मितिबाट सञ्चालन हुन सकेन । 

साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी रहे पनि हलको केही काम बाँकी रहेकाले केही समयपछि धकेलिएको दीपक बताउँछन् । 

अब भदौको दोस्रो साताबाट यो सिनेमा हल सञ्चालनमा आउने उनले जानकारी दिए । “हाम्रो उद्देश्य नेपाली सिनेमा लगाएर हल सञ्चालन सुरु गरौँ भन्नेछ । सुरुमै हिन्दी सिनेमा लगाएर हलको ओपनिङ गर्नेभन्दा पनि नेपाली सिनेमा लगाएर नै हल सञ्चालन गर्ने योजना छ,” दीपक बाह्रखरीसँग भन्छन्, “सम्भवत एैँचो पैँचो रिलिज गरेर हाम्रो हल सञ्चालन सुरु हुन्छ । त्यसको अर्को साताबाट हिन्दी सिनेमा जवान रिलिज हुनेछ ।” ‘एैँचो पैँचो’ भदौ १४ गतेबाट रिलिज हुँदै छ । ‘जवान’ भदौ २१ गते रिलिज हुँदै छ ।  

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ । 

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।   

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।  

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ । 

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मासहति ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro