site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षमा ३७ लाख ९१ हजार हेडफोन र दुई लाख ८६ हजार स्मार्टवाच भित्रिए

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा ३७ लाख ९१ हजार १०१ हेडफोन र इयरफोन जस्ता उपकरणहरु भित्रिएका छन् । एक वर्षको अवधिमा भित्रिएका करिब ४६ करोड रुपैयाँ बराबरका सामग्रीबाट सरकारले करिब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, एक वर्षको अवधिमा दुई लाख ८६ हजार ५७१ स्मार्टवाच नेपाल भित्रिएको छ । करिब ३६ करोड रुपैयाँ बराबरका यी स्मार्टवाचबाट सरकारले ११ करोड ५७ लाख रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुवै वस्तुको आयात कम रहेको छ । त्यसवर्ष ५७ करोड ४२ लाख मूल्य बराबरका ६५ लाख १७ हजार ११४ हेडफोन र इयरफोन जस्ता उपकरण भित्रिएका थिए । जसबाट सरकारले १७ करोड ९९ लाख रुपैयाँ राजस्व उठाएको थियो ।

यस्तै, गतवर्ष चार लाख ४४ हजार १५३ वटा स्मार्टवाच नेपाल भित्रिएका थिए । करिब ५९ करोड रुपैयाँ बराबरका यी सामग्रीबाट सरकारले १८ करोड ६८ लाख राजस्व उठाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्