प्रविधि
काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ६ अर्ब २१ करोड रुपैयाँ बराबरका ९४ हजार ५९२ ल्यापटप र नोटबुक नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसबाट सरकारले ८२ करोड २३ लाख राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा एकलाख ९० हजार ५१६ ल्यापटप र नोटबुक आयात भएका थिए । ११ अर्ब ४२ करोड रुपैयाँ बराबरका यी सामग्रीबाट एक अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १६:११
प्रतिक्रिया दिनुहोस्