site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साढे १७ खर्बको वैदेशिक व्यापार, साढे १४ खर्ब घाटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकानुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही अवधिमा नेपालले मात्र एक खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

पछिल्लो एक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ छ ।

Global Ime bank

विभागका अनुसार उक्त अवधिमा नेपालको आयात १६.०८ प्रतिशतले घटेको छ । निर्यात २१.४४ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार घाटा १५.४५ प्रतिशतले घटेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र दुई खर्ब तीन करोड नौ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँको रहेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँको थियो । अघिल्लो वर्षको तुलनामा गएको वर्ष वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय