site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र द्वन्द्वमा घरमै रहेका निहत्था मारिएका छन्, उनीहरूको परिपूरण हुनुपर्छ : प्रेम सुवाल

काठमाडौं । सांसद प्रेम सुवालले सत्यनिरूपण तथा मेलमिलाप विधेयकको समय टुंगो लगाउनु पर्ने बताएका छन् । 

कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमिति बैठकमा बोल्दै सुवालले यो लामो समय भएको र दुई/तीन महिनामा पास नभए स्वतः खारेज हुने व्यवस्था गर्नुपर्ने बताए ।  उनले भने, “शान्ति प्रकृयाको विषय अर्कै भइसकेको छ । यही कुरा कति छलफल गर्ने ?”

सुवालले युद्धमा मारिएका निहत्थाहरुको पनि परिपूरण हुनुपर्ने बताए । “घरमा बसेका निहत्था मानिस मारिएका छन्, उनीहरूको परिपूरण हुनुपर्छ । अब आयोगको म्याद थप हुँदैन, सकियो भनेर जानुपर्छ,” उनले भने ।

विधेयकसँग सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) भएको बताउँदै उनले सशस्त्र द्वन्द्व कुन कुन पक्षबीच भएको भन्दै प्रश्न गरे । उनले अहिले बहाल भएको ऐन पुरानो भएको पनि बताए ।

“विकास केही नगर्ने, खाली द्वन्द्वको कुरा मात्र भयो । हतियार र लडाकुको विवरण, तालिम कहाँ भएको त्यो विवरण पनि चाहिन्छ,” उनले भने, “जनतालाई भ्रममा राख्नु भएन । द्वन्द्वको कुन कुन माग पूरा भयो, त्यो लेख्नु पर्यो । माग पूरा भएन भने कसको कारणले पूरा भएन, त्यो पनि लेख्नु पर्यो ।”

उनले अब बन्ने ऐनमा लुटिएको बैंक, गहना कहाँ कति लुटियो, त्यो लेखिनु पर्ने बताए । नेपाल–भारत सीमाको चौकी किन उडाइयो, त्यो पनि ऐनमा लेख्नुपर्ने उनको भनाइ छ ।

बैठकमा सुवालले माओवादीका को–को नेतासँग अर्बौँ पैसा छ, त्यो पनि छलफलमा आउनुपर्ने बताए । उनले भने, “राज्यकोष बाँड्ने, अर्ब–अर्ब बाँड्ने यो विधेयकको नाम लेखे भइहाल्यो नि !”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro