site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छात्रवृत्ति विवरण पेस गर्न विराटनगर महानगरको संस्थागत विद्यालयलाई अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको विवरण पेस गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले छात्रवृत्तिको विवरण पेस गर्न विद्यालयहरुलाई समयसीमा दिएको हो । नियमानुसार नगर्ने विद्यालयलाई कारबाही अघि बढाइने महानगरको शिक्षा महाशाखाले जनाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेस नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको छ । विवरण पेस नगर्ने विद्यालयको नाम महानगरको वेबसाइटमार्फत सार्वजनिकसमेत गरेको छ ।

Dabur Nepal
NIC Asia

“सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेस नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,” मेयर कोइरालाले भने, “महानगरले पटकपटक विवरण उपलब्ध गराउनका लागि ताकेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । अब भोलि सोमबारसम्म हेरौँ, त्यसपछि महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।”

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ  । त्यस्तै, आईईएमआईएसमा दर्ता नभएका विद्यालयको संख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब १०० को हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेस गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेस गरेका छैनन् ।

त्यस्तै, २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेस गरेका शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेस गर्न बाँकी छ ।

यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैले लिने तयारी गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro