site stats
बाह्रखरी :: Baahrakhari
देश
समायोजित कर्मचारीलाई हाजिर गराउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनबमोजिम समायोजन भएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो अनुरोध गरेको हो ।

केही स्थानीय तहले समायोजन मिलान भई कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई विभिन्न बहानामा फिर्ता पठाउने, हाजिर नगराउने गरेपछि मन्त्रालयले परिपत्र गरेको हो ।

Argakhachi Cement Island Ad

कर्मचारी समायोजन ऐन, २०७५, कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७  तथा स्वास्थ्य सेवाका कर्मचारी समयोजन मिलानसम्बन्धी व्यवस्था, २०७७ बमोजिम प्रतिकूल हुने गरी फिर्ता गर्ने कानुनी आधार नभएकाले उनीहरूलाई साबिकबमोजिम हाजिर गराउनुपर्ने मन्त्रालयको पत्रमा उल्लेख छ  ।

गएको असार २५ गते मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी भई काजमा कार्यरत कर्मचारीलाई आफ्नो दरबन्दी रहेकै कार्यालयमा पठाउन निर्देशन दिएको थियो । तर, केही स्थनीय तहले दरबन्दीमा कार्यरत स्थायी कर्मचारीलाई हाजिर गर्न दिएका थिएनन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्